टाइ नलगाउँने सांसद संसदबाट बाहिर निकालिए

२८ माघ, एजेन्सी ।
न्यूजिल्याण्डमा एक सांसदलाई टाइ नलगाएका कारण संसदबाट बाहिर निकालिएको छ।

माओरी पार्टीका नेता तथा सांसद राविरी वेइतितीले आफ्नो सांस्कृतिक मूल्यसँग मेल नखाने भन्दै टाइ लगाउन अस्वीकार गरेका थिए ।

न्यूजिल्याण्डमा पुरुष सांसदहरुले संसदमा हुने बहसको क्रममा टाइ लगाए मात्रै प्रश्न गर्न पाउँछन्। सांसद राविरीले टाइ नलगाई प्रश्न गर्ने प्रयास गर्दा सभामुख ट्रोभोर मालार्डले दुईपटक रोकेका थिए।

Advertisement

तर उनले आफ्नो कुरा जारी राखे त्यसपछि सभामुख मालार्डले चेम्बरबाट बाहिर निकाल्न आदेश दिएका हुन्।

चेम्बरबाट बाहिरिने क्रममा सांसद राविरीले ‘यो टाइको होइन, सांस्कृतिक पहिचानको विषय हो साथीहरु’ भनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

उनले टाइलाई ‘उपनिवेशको नाक’ भनेका छन् । राविरीले आफूमाथि भएको व्यवहार अनुचित रहेको बताएका छन् ।

प्रधानमन्त्री ज्यासिन्डा आर्र्डनले टाइ लगाउन अस्वीकार गर्ने व्यक्तिहरुको विपक्षमा आफू नरहेको तर अहिले त्यो भन्दा गम्भीर विषयमा ध्यान केन्द्रित गर्नु पर्ने बताएकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top