×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेः जनार्दन शर्मा

२८ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसंग साटेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले विहिबार काठमाण्डौमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उनले कुर्सी र पदसंग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताएका हुन् ।

उनले भने “संविधानलाई केपी ओली जीले कुर्सी संग साट्नुभयो । संघीयतालाई उहाँले पदसंग साट्नुभयो । ” उनले संविधान र संघीयता कुर्सी र पदसंग साटिन नसक्ने भन्दै खबरदारी गरे । शान्तिपूर्ण आन्दोलनमा आएका जनता कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने चेतावनी उनले दिए । उनले राजनीतिक पार्टीका सिमित नेतामा असिमित अधिकार दिने काम भएको र त्यही असिमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क गरे । उनले त्यसको समीक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नो तर्फबाट आफुले जिम्मा लिन तयार रहेको बताए ।उनले भने “सिमिति राजनीतिक पार्टीका सिमित नेताहरुमा असिमित अधिकार हुनुको परिणाम होक आज यो । केपी ओलीमा असिमित अधिकार भएको कारणले यो भएको छ । केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुनुको पछाडि त्यो ग्राउण्ड कहाँ तयार भो ?कसरी केपी ओली पैदा भए ? त्यसको समिक्षा गर्नुपर्छ ? त्यसको जिम्मा लिनुपर्छ । त्यसको आफ्नो ठाउँबाट म जिम्मा लिन तयार छु । कहाँबाट केपी ओली पैदा भए ? अन्यथा यो समिक्षा गरेनौ र यो कुरा स्वीकार गरेनौ भने फेरि महेन्द्रहरु जन्मनेछन् । फेरि केपी ओलीहरु जन्मनेछन् । त्यसलाई जन्मन नदिनका लागि हामीले समिक्षा गर्नुपर्छ । ”

Advertisement
Advertisement

उनले पार्टीको रुपान्तरण आवश्यक रहेको बताए । उनले भने “यसैगरी जनताले घेराबन्दी गर्ने पार्टी नेतृत्व दलालहरुले घेराबन्दी गर्ने होइन । आज दलालहरुले घेराबन्दी गर्ने अवस्था छ । त्यसको अन्त्य गरेर जनताको विचमा नेतृत्व हुर्कनुपर्छ । ” संविधान अनुसारको जनअधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको, संविधान लागु गर्न नदिन अपाग बनाईएको, ओम्नीको नाममा जनताको अधिकारमाथि खेलवाड गरिएको छ,समावेशी समानुपातिक अधिकारलाई कुण्ठित गर्नेका विरुद्ध निरन्तर संहर्ष गर्दै आएको स्मरण गर्दै उनले नयाँ कुलमान निर्माण गर्नुगर्ने आवश्यकता औल्याए । राज्यका सबै संरचनाहरु लोकतान्त्रिकरण हुन नसक्नुको परिणाम अहिले भोग्नुपरेको भन्दै उनले सबै परिर्वतनकामी जगतलाई लोकतन्त्रको रक्षाको आन्दोलनमा सहकार्य गर्न आव्हान पनि गरे । नेकपाका केन्द्रीय सदस्य सन्तकुमार चौधरी प्रधानमन्त्री केपी ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको बताए । खबरदार निरंकुश र तानाशाहालाई फर्काउन खोज्ने प्रधानमन्त्री ओली प्रति खबरदारी गरे ।

उनले भने “खबरदार केपी जी संघीयतालाई मास्न पाईदैन । लाखौ लाख जनता सडकमा उत्रिईसके । अब तपाईको पालो छ । जनताले तपाईलाई समाप्त पार्ने आन्दोलनमा जनता होमिईसकेका छन् । ”

ओली हिटलर जस्तै जिन्दगीभर झुट बोल्ने पात्र हुन्ः रामचन्द्र झा

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको बताएका छन् । उनले हिटलरको प्रसंग उल्लेख गर्दे दुनियाँका तानाशाहाहरुले झुटलाई पोलिस गरेर सत्य जस्तै गरेर भ्रम छर्ने गरेको र केपी ओली पनि त्यस्तै तानाशाहा भएको दाबी गरे ।

उनले भने “दुनियाँका तानाशाहाहरु झुटलाई पोलिस गरेर सत्यको दर्जा सम्म पुर्याउने सामथ्र्य राख्छन् ती मध्ये केपी ओली पनि एक हुन् । उनले झुटलाई डेन्टीङपेन्टीङ गरेर सत्य हो कि भन्ने ढंगले बोल्ने जुन शैली थियो । ” उनले प्रधानमन्त्री केपी ओली पनि तानाशाह हिटलर जस्तै जीन्दगीभर झुट बोल्ने पात्रको रुपमा रहेको बताए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top