गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ

२७ माघ ७७, बुधबार

२८ माघ, चितवन।

दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

Advertisement

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो ।

भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

Advertisement

बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको बरालले जानकारी दिए।

यसैगरी अनुसन्धानको क्रममा गैँडा मारी खाग चोरी शिकार भएका विगतका अन्य घटनासमेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट पक्राउ गरिएको छ । सोही गिरोहका लमजुङ बँेशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

माडी नगरपालिका–९ अयोध्यापुरी बस्ने वर्ष ३२ का दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका–३ घर भई काठमाडौँ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाडाँंैको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाडौँ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तनहुँको आबुखैरेनी नगरपालिका–५ घुमाउने बस्ने ३३ वर्षीय हरिबहादुर मगरलाइसमेत पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयानबाट दोषी देखिएका १८ जना फरार देखिएको उनीहरुको खोजी भइरहेको बरालले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल, रु ४१ लाख बराबरको बैंक भौचर ६ थान बरामद गरिएको सो अवसरमा जानकारी दिइयो ।

बरालले पक्राउ परेकामध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीन पटक गैँडा मार्ने कार्यमा संलग्न रहेको र निजहरु लामो समयदेखि पटकपटक गैँडा मारी खागको चोरी निकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको जानकारी दिए ।

कुमाल विसं २०६९ फागुन ९ गते पक्राउ परी गत जेठ १० गते जिल्ला कारागार चितवनबाट मुक्त भएका थिए । निज गैँडा तस्करीको फैसलासँगै कारागार जीवन बिताएका थिए । छुट्नासाथ तस्करीमा संलग्न भएको पाइएको छ ।

सो अवसरमा दिइएको जानकारी अनुसार उनीहरुलाई पुस ३ गते यता विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाहीका लागि आजै जिल्ला अदालत नवलपुरमा पेश गरिने बरालले जानकारी दिए । उहाँले पक्राउ परेकाहरु तस्करीका पाँचौं तहसम्मका रहेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार राईले विगतमा सुन, रक्तचन्दन र गाँजा तस्करीमा लागेका अहिले खाग तस्करीमा लागेको बताए । उनले विदेशमा रहेकालाईसमेत बोलाएर तस्करीमा लगाएको पाइएको जानकारी दिनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले ठूलो सङ्ख्यामा अवैध कार्यमा संलग्नहरु पक्राउ परेको भन्दै चोरी शिकारी नियन्त्रणमा ठूलो सफलता मिलेको बताए।

निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा शिकारीले गत भदौ १७ गते २५ देखि ३० वर्षको भाले गैँडालाई गोली हानेर मारेका थिए । उनीहरुले त्यसको खाग र खुर भने लैजान पाएका थिएनन् ।

कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृत भेटिएका थिए । २०/२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गोली लागेर मरेका थिए ।

तिनीहरुको शिकारीले खाग लगिसकेका थिए । त्यस्तै, कात्तिक २१ गते गैँडाको कङ्काल भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मारिएको खुल्न आएको थियो ।

केही वर्षयता शून्य चोरी शिकार भए पनि एकाएक तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्करीको खोज तलासमा व्यापकता दिइएको छ ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top