×

NEPAL TIMES UPDATES

Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026

कानून संशोधन गरेर लगानी गर्न रक्षा मन्त्रीकाे आग्रह

२४ जेष्ठ २०७५

काठमाडौँ, २४ जेठ
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाडौँमा उद्घाटन गर्दै संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी सिर्जना गर्न बचत तथा ऋण सहकारी संस्थालाई आग्रह गरे ।

उनले नेपालमा राजनीतिक मुद्दा किनारा लागेको बताउँदै अबको मुद्दा आर्थिक क्षेत्रतर्फ केन्द्रीकृत हुनुपर्ने बताए । “सहकारी संस्थालाई लगानी गर्न कुनै पुराना नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको भए भन्नुहोस् ।” उपप्रधानमन्त्री पोखरेलले सरकार संशोधन गर्न र लगानीको वातावरण बनाइदिन तयार छ भने।

मुलुकमा ३४ हजार ५०० सहकारी संस्था छन् । तेह्र हजार ५०० संस्था बचत तथा ऋण परिचालन समाज (साकोस) रहेको छ । झण्डै रु तीन खर्ब बचत गरेका छन् । सहकारी ऐनले बचत सहकारी संस्थालाई खास खास क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । हाल साकोसको लगानी किराना पसल, शैक्षिक कर्जा र वैदेशिक रोजगार, घर निर्माण तथा जग्गा खरिदलगायतका क्षेत्रमा सीमित छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) को आयोजना र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा समावेशी आर्थिक विकासः सञ्जालीकृत साकोस अभियानका लागि कानूनी संहिता’को पुनःसंरचना अभियानका साथ उक्त गोष्ठीको आयोजना गरिएको हो ।

कार्यक्रममा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बचत सहकारी संस्थाले आकर्षक र आत्मनिर्भर लगानीका क्षेत्र पहिल्याई अगाडि बढ्नुपर्ने बताए । उनले लगानीकर्तालाई कुनै कानूनी अप्ठेरो छ भने सरकार सहजीकरण गर्न तयार भएको बताउँदै कुनै पुराना ऐन संशोधन गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न संस्थालाई आग्रह गरे।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले अर्थतन्त्रको सबलीकरणका लागि सहकारीको महत्वपूर्ण योगदान हुने बताए ।

गोष्ठीमा ६६ जिल्लाका ६२० सहकारीकर्मीको सहभागिता र विभिन्न विषयसँग सम्बन्धित ११ कार्यपत्र प्रस्तुत गरिने भएको छ । नेफ्स्कुनमा तीन हजार १०० बचत संस्था आबद्ध छन् । करीब दुई हजार २०० संस्थाले नेफ्स्कुनमा वित्तीय विवरण बुझाउँदै आएका छन् ।

देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको नेफ्स्कुनमा झण्डै २६ लाख व्यक्ति बचत तथा ऋणसम्बन्धी कारोबारमा आबद्ध छन् । गोष्ठीले साकोस स्थिरीकरण, कोष कार्यान्वयन र समुदायको वित्तीय समावेशीकरणमार्फत जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने उद्देश्य लिएको छ ।

विगत ३० वर्षदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनस्तर उठाउन क्रियाशील नेफ्स्कुन एशियाली ऋण महासंघ, विश्व ऋण परिषद् र अन्तर्राष्ट्रिय सहकारी महसंघको सदस्य संस्था हो ।

गोष्ठीमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपी मैनाली, राष्ट्रिय सहकारी महासंघका महासचिव चन्द्र ढकाल, नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेत, उपाध्यक्ष परितोष पौड्याललगायतले सहकारीको महत्वका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।
रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top