पक्राउ परेपछि झाँक्रीले भनिन्– यो अन्तिम लडाईं हो

२९ माघ, काठमाडौं ।

Advertisement

नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै ‘प्रतिगमन’विरुद्धको अन्तिम लडाईं भएको बताएकी छन्। प्रहरी हिरासतमा रहेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले सामाजिक सञ्जार ट्विटरमा लेखेकी छन्,‘ राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।
राज्य विरूद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसार पक्राउ पूर्जी जारी गरी उनलाई बिहीबार दिउँसाे निवासबाटै गिरफ्तार गरिएको थियो। उनलाई प्रहरीकाे महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको छ।

महाशाखा रहेकी झाँक्रीलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले भेटेका छन्। झाँक्रीलाई पक्राउ गरिएपछि नेकपाको प्रचण्ड-माधव पक्ष र नेपाली कांग्रेसका केही नेताहरूले विरोध जनाएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top