संसद विघटन संसदीय व्यवस्थाको असफलता होः मोहन वैद्य

२९ माघ, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् । बिहिबार चार कम्युनिष्ट पार्टीहरुको रणनैतिक संयुक्तमोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधिसभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका हुन् । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको भनाई छ । उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताए ।

बिहिबार मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले जानकारी दिए ।

मोर्चाले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षागर्ने र जनजिविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने पनि उनको भनाई छ । रणनैतिक संयुक्तमोर्चाले पहिलो चरणको आन्दोलनपनि घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार, भोलि माघ २९ गते काठमाण्डौमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा , फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा सभा गर्ने भनिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top