झाँक्री पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

२९ माघ, काठमाडौं ।

Advertisement

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।

प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले गरेको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

Advertisement

प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नालयक सरकार राजीनामा दे’, ‘रामकुमारीलाई होइन बलात्कारीलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top