सुनको भाउ आज तोलामा ६ सयले घटेर ९० हजार ९ सय कायम

३० माघ, काठमाडौँ । आज कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन चाँदीको भाउमा उतारचढाब देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।

Advertisement

बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँमा झरेको छ । महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । बिहीबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३ सय २० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top