३० माघ, विराटनगर । नेपालमा आज मात्र १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।
कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०५४ रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या दिनँहु जसो घटिरहेको छ । आज १ हजार ७ सय ७ जना सक्रिय अर्थात आइसोलेसमा रहँदा क्वारेन्टिनमा जम्मा ७९ जना मात्र छन् ।