×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

सोलारप्लान्ट निर्माण अन्तिम चरणमा, पाँच मेगावाट उत्पादन हुँदै

१ फाल्गुन २०७७

तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट चाँडै नै पाँच मेगावाट विद्युत उत्पादन हुने भएको छ । सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिएको र काम अन्तिम चरणमा पुगेको छ ।

पुर्वाधारको काम अन्तिम चरणमा पुगेकोले तीन महिना भित्र बिजुली उत्पादन गर्ने गरी तयारी भइरहेको प्रालिका निर्देशक मनकारी गुरुङले जानकारी दिनुभयो । ‘‘कोरोना भाइरसको सङक्रमणको कारणले अवरोध भएकोले केही समय ढिला भए पनि नेपाली नयाँ वर्षमा प्रयोग गर्न मिल्ने गरी विद्युत उत्पादन गर्ने गरी काम भइरहेको छ’’ गुरुङले भन्नुभयो ।

Advertisement
Advertisement

बेल चौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस हाताभित्र निर्माण भईरहेको फार्ममा हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको प्रालिले जनाएको छ । प्रालिका अनुसार उत्पादित पाँच मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणका राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने सहमति लिई काम थालिएको थियो । प्रालिको झरौटास्थित रहेको ट्रान्सफर्मरमा उत्पादित विजुली पु¥याएर सोलार बिजुलीको क्षेत्रमा नयाँ आयाम ल्याउने प्रा.लिले योजना बनाएको छ । गतवर्ष नै बिजुली उत्पादन गर्ने लक्ष्य रहेको भए तापनि कोभिडको सङ्क्रमणले काम प्रभावित हुदाँ निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजना सञ्चालनका लागि क्याम्पससँग प्रालिले १०० रोपनी क्षेत्रमा फार्म स्थापना गरेको छ ।

Advertisement

चार वर्ष अघि नै क्याम्पससँग सम्झौता गरी कम्पनीले दुई वर्षअघि उक्त आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको थियो । कोरोनाले आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढ्ने भएको छ । प्रति मेगावट करिव आठ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा लागत थप गर्नु पर्ने अवस्था आएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यस अघि ४० देखि ४५ करोड लागत अनुमान गरिएकोमा बढेर ५२ देखि ५५ करोड पुग्ने अनुमान छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले सात रुपियाँ ३० पैसामा प्रतियुनिटमा २५ वर्षसम्म खरिद गर्ने सम्झौता भएको आयोजनाका सेयर सदस्य तथा व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । फार्ममा अहिले उक्त परिमाणमा विजुली उत्पादन गर्न १३ हजार ४ सय ९४ प्यानल राख्ने तयारी भइरहेको छ । दैनिक सरदर ६ घण्टा विद्युत उत्पादन हुने छ । प्रति घण्टा ५ हजार युनिटका दरले दैनिक ३० हजार युनिट उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक एक करोड नौ लाख यूनिट उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक करिव आठ करोड रुपैयाँ विद्युतबाट आम्दानी हुने अनुमान गरिएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top