केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन कांग्रेसको माग

१ फागुन ७७, आइतबार

२ फागुन, काठमाडौँ ।
नेपाली कांग्रेसले चीनसँगको केरुङ नाकामा आयात–निर्यात सहज तुल्याउन सरकारसँग माग गरेको छ।

Advertisement

यसका लागि चीनसँग तत्कालै पहल अघि बढाउन कांग्रेसले माग गरेको हो। चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम भए पनि अहिले स्थिति तुलनात्मक रुपम सहज बनेका कांग्रेसको भनाइ छ।

‘तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

२०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद रहेको कांग्रेसले बताएको छ।

‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका र अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ अतः चिनियाँ पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top