प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

१ फागुन ७७, आइतबार

२ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले तेस्रो चरणको कार्यक्रम घोषणा गर्दैछ।

Advertisement

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट संघर्षका कार्यक्रम सार्वजनिक गरिने नेकपा नेता विष्णु रिजालले जानकारी दिए।

आज २०७७ फागुन २ गते दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डॉडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणको कार्यक्रम घोषणा हुने भएकाले सञ्चारकर्मी मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ, सामाजिक सञ्जाल ट्वीटरमार्फत रिजालले भनेका छन्।

Advertisement

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले ओली सरकारलाई गलाउन देशभरदेखि काठमाडौं केन्द्रित आमसभा गरिसकेको छ।

माघ २८ गते विशाल आमसभा गरेसँगै ओली झुक्ने दाबी प्रचण्ड माधव पक्षले गरे पनि ओली भने गलेका छैनन्। ओली शनिवारमात्र बुटवल पुगेर आफ्नो पक्षमा भएको सभामा सहभागी भए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top