गरिबीमा डुबेका टुहुराकाे व्यथा : भोक लागे माटो, जाडो हुँदा आगो र घाम तापेर गुजारा

२ फागुन ७७, सोमबार

बैतडी: दश वर्षीया सविता, नौ वर्षकी सुनीता र पाँचवर्षकी रमिला टुहुरा बालिका हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ । घरमा खाने अन्न छैन । भोक लागे माटो खान्छन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने ओछ्याउने कपडा छैन । दिउँसो घाम तापेर अनि राति आगो बालेर बस्ने गरेका छन् ।

यो कुनै चलचित्रको कथा होइन, बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा बालिकाको कथा हो । विपन्न गरिब कथित दलित परिवारमा जन्मेका तीन बहिनी विद्यालय पनि जाँदैनन् । बुवा सालिभान नेपालीको उपचार नपाएर तीन वर्ष अघि मृत्यु भयो । रोगी आमा अन्न माग्न गाउँ डुल्न जानु भएको छ ।

गाउँ डुलेर अन्न माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँचवर्षीया कान्छी रमिलाभोक लागे माटो खाने गरेको १० वर्षीया सविता नेपालीले पीडा सुनाउनुभयो । दलित भएका कारण अन्य समुदायका मानिसले बालिकाहरुलाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । बरु,कहिले काँकी एक गास अन्न खान दिए पनि सहारा दिन कसैले मानेका छैनन् ।

Advertisement

पोहोर साल फुसले छाएको घर भत्केपछि मर्मत गरिदिएको स्थानीय गोरे बोहराले बताउनुभयो । कपडा सिलाएर बाल बच्चा पाल्दै आएको सालिभानको मृत्युपछि परिवारको बिचल्ली भएको बोहराले बताउनुभयो ।

बोहराले भन्नुभयो, “ बालिकाहरुको घरको अवस्था एकदमै नाजुक छ । लुगा सिलाएर अन्न मागेर परिवारको गुजारा गर्ने सालिभान दमाईको मृत्युपछि परिवारको बिचल्ली भएको हो । जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाही छाक टार्ने गरेका छन् । आज पनि आमा कता गाउँतिरै गएकी छिन् । भएको बेला हामीले पनि एक गाँस दिने गरेका छौं ।” पेटभरि खानखा नपाएको दिन रमाइलो हुने गरेको १० वर्षीया जेठी दिदी सविता नेपालीले बताउनुभयो । लगाउने लुगा र रातिओढ्ने कपडा नहुँदा आगो बालेर निदाउने गरेको सविताले बताउनुभयो ।

Advertisement

“आकाश खुलेको दिन दिउँसो घाम ताप्छौं । राति आगो बाल्ने गरेका छौं । निदाएको बेला कहिलेकाँही त हात पोलिन्छ,” सविताले भन्नुभयो, “आमा पल्लो गाउँमा मकै माग्न जानुभएको छ । आएपछि जातोमा दलेर खोले पकाउने भन्नुभएको छ ।”, यो खबर आजको गोरखपत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top