३ फागुन, विराटनगर ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप लगाएका छन्।
भारत सरकारले दिएको १० लाख डोज मध्येको खोप क्वात्राले लगाएका हुन्। क्वात्राले आइतबार काठमाडौंको शिक्षण अस्पतालमा श्रीमतीका साथ खोप लगाएको फोटो सार्वजनिक गरेका छन्।
उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिए। सरकारले तेस्रो चरणको खोप अन्तरगत हिजोदेखि जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतलाई दिन थालेको छ।
भारत सरकार गत माघ ८ गते अनुदानमा दिएको १० लाख डोज खोप पहिले कोरोना नियन्त्रण अभियानको फ्रन्ट लाइनमा खटिएका अधिकारीलाई दिइएको थियो।
त्यसपछि सरकारले पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई लगाएको थियो।