३ फागुन, झापा।
झापाकाे भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनी गम्भीर घाईते भएकी थिईन् ।
गम्भीर घाईते भएकी उनलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।