४ फागुन, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
चेल्सीले न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एक एक गोल गरे ।
जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौँथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अंक छ । न्युक्यासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अंकले पछि छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्ट ह्यामले ३-० गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै वेष्टह्याम पाँचौँ स्थानमा उक्लिएको छ । वेष्ह्यामको २४ खेलबाट ४२ अंक छ ।


