धेरैजसो क्षेत्रको मौसम बद्लीः पोखरामा असिना पानी, गण्डकी, वाग्मती र प्रदेश १ मा वर्षाको सम्भावना

४ फागुन, काठमाडौँ । देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ ।

गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ ।

मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उनले बताए ।

पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।

यस्तै, काठमाण्डौ उपत्यकाको मौसम आज दिउँसोपछि बद्ली हुने सम्भावना छ ।

तर, मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अर्यालले बताए । आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा झरेको छ ।

आज अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top