विराटनगर,जेठ २६
साप्ताहिक रुपमा सरसफाई लगायतका विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्था ‘परिवर्तनकालागि हातेमालो’ले २० औँ हप्ता पनि विभिन्न सरसफाई कार्यक्रम गरेको छ ।
सरसफाई महाअभियानको २० औँ हप्तामा शनिबार संस्थाले विराटनगर–८, अशोक चौकमा रहेको मुस्लिम धर्म लम्बिहरुको दर्गा(प्रार्थना गर्ने ठाउँ) वरपर सरसफाई कार्यक्रम तथा रङ्गरोगन गरेको हो ।
मुस्लिम धर्म लम्बिहरुको महान चाड इदलाई लक्षित गर्दै आफुहरुले दर्गा वरपर सरसफाई तथा रङ्गरोगनका कामहरु गरेको परिवर्तनका हातेमालोका अभियान्ता राम पोखरेलले बताए ।
अर्का अभियान्ता तुलसि घिमिरेले आफु बदलिए मात्र समाज बदल्न सकिने भन्दै सबै जना एक जुट भएमात्र सफा र सुन्दर समाज निमार्ण हुने बताए । उनले हातेमालोको सरसफाई अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरे ।
परिवर्तनका लागि हातेमालोले ‘हाम्रो रहर सफा सुन्दर विराटनगर’ भन्ने नाराका साथ विभिन्न सरसफाई कार्यक्रमहरु तथा सामाजिक कामहरु गर्दै आईरहेको छ ।