ईद नजिकिँदै गर्दा मुस्लिम समुदायलाई हातेमालोको सहयोग

२६ जेठ ७५, शनिबार
Share this
754shares

विराटनगर,जेठ २६
साप्ताहिक रुपमा सरसफाई लगायतका विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्था ‘परिवर्तनकालागि हातेमालो’ले २० औँ हप्ता पनि विभिन्न सरसफाई कार्यक्रम गरेको छ ।

Advertisement

सरसफाई महाअभियानको २० औँ हप्तामा शनिबार संस्थाले विराटनगर–८, अशोक चौकमा रहेको मुस्लिम धर्म लम्बिहरुको दर्गा(प्रार्थना गर्ने ठाउँ) वरपर सरसफाई कार्यक्रम तथा रङ्गरोगन गरेको हो ।

मुस्लिम धर्म लम्बिहरुको महान चाड इदलाई लक्षित गर्दै आफुहरुले दर्गा वरपर सरसफाई तथा रङ्गरोगनका कामहरु गरेको परिवर्तनका हातेमालोका अभियान्ता राम पोखरेलले बताए ।

Advertisement

अर्का अभियान्ता तुलसि घिमिरेले आफु बदलिए मात्र समाज बदल्न सकिने भन्दै सबै जना एक जुट भएमात्र सफा र सुन्दर समाज निमार्ण हुने बताए । उनले हातेमालोको सरसफाई अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद ब्यक्त गरे ।

परिवर्तनका लागि हातेमालोले ‘हाम्रो रहर सफा सुन्दर विराटनगर’ भन्ने नाराका साथ विभिन्न सरसफाई कार्यक्रमहरु तथा सामाजिक कामहरु गर्दै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top