तरा एयरको जहाज जुम्लामा दुर्घटना !

विराटनगर,जेठ २६
जुम्लाका लागि नेपालगन्जबाट उडेको तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ ।

Advertisement

शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा पन्चर हुँदा जहाज धावनमार्ग बाहिर गई दुर्घटना भएको हो ।

नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज फेन्समा ठोक्किएको थियो ।

Advertisement

दुर्घटना बाट जहाजकोनोज (अगाडिको भाग)मा क्षति पुगेको छ भने सबै यात्रु र चालक दलका सदस्य सकुशल छन्।

यो विमानका क्याप्टेन जेके निरौला थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top