सिद्धिसकेका प्रचण्डलाई मैले सिङजुरो हालिदिएँ, उल्टै सिध्याउन लाग्नुभयो : ओली

८ फागुन, विराटनगर ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले उद्धार गरेको र त्यसैले अहंकार बढेको बताएका छन्। आज विराटनगरमा आयोजित नेकपा ओली समूहको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘दुई/चार सिटमा खुम्चिन लागेका, सिद्धिसकेका प्रचण्डको जुरो हालें। सिङ हालें। त्यसैले अहंकार चढ्यो। हामीलाई नै सिध्याउन थाल्नुभयो।’

प्रचण्डको नियति नै असफलता बाहेक केही नभएको दाबी उनले गरेका छन्। उनले अझै पनि फर्केर आउने बाटो खुला रहेको बताए। फर्केर नआए प्रचण्डको राजनीति समाप्त हुने बताउँदै भने, ‘भीरबाट लड्नेलाई राम भन्न सकिन्छ। काँध हाल्न सकिँदैन। सिद्धिने बाटोमा जानुभएको छ।’

Advertisement

पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’ उनले प्रचण्डको बाटो जंगलमा हिँड्ने गोठालोको जस्तै भएको बताउँदै एकछिन बाटो जस्तो लागेपनि त्यो एक ठाउँमा टुंगिने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top