×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समाचारहरुले समाजमा विग्रह ल्याउने सरकारी प्रवक्ताहरुको चिन्ता

८ फाल्गुन २०७७

८ फागुन, काठमाडौं ।
पछिल्लो समय प्रकाशित भएका समाचारहरुले समाजमा विग्रह ल्याउन सक्ने भन्दै सरकारी कार्यालयका प्रवक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

विभिन्न घटनामा आधारित रहेका समाचारहरु तथ्यमा भन्दा बढी सनसनीपूर्ण बनाउन खोज्दा सही समाचार सम्प्रेसण हुन नसकेको बताएका छन् । प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न सरकारी कार्यालयका प्रवक्ताहरुले सही सूचनामा आधारित समाचार प्रसारण हुन छाडेको गुनासो गरेका हुन् ।

Advertisement
Advertisement

खासगरी अपराध अनुसन्धानसँग जोडिएका विषयहरुमा कसले छिटो समाचार लेख्ने भन्ने प्रवृति रहेको र यसले अनुसन्धानमा असर पु¥याउने गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए । समाचार लेखेकै आधारले अनुसन्धानको ट्रयाक विग्रने गरेको उनको गुनासो छ ।

नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले समाचार र समाचारको शिर्षक फरक हुने गरेको पाइएकोले त्यसको अनुगमन प्रेस काउन्सिलले गर्नुपर्ने बताए । कुनैपनि पत्रकारले मिडिया हाउस परिवर्तन गरेपछि आफ्नो परिचय नदिई सूचना माग्ने प्रवृतिले पनि सूचना प्रवाहमा समस्या हुने गरेको पौडेलले बताए ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले को पत्रकार हो, कुन मिडियाको पत्रकार हो र उसको जिम्मेवारी के हो भन्ने किसिमको परिचय थाहा पाउनै कठिन हुने गरेको बताए ।

खासगरी सीमा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुमा सबैभन्दा बढी समस्या रहेको पनि उनले बताए । यस्तै अपराधिक क्रियाकलाप गर्न खोज्ने मनसाय राखि पत्रकारिता गर्नेहरुमाथि निगरानी राख्नुपर्ने पनि उनले बताए ।

गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले धेरै प्रत्रकारहरुलाई आचारसंहिताको बारेमा जानकारी नै नहुँदा समाचार सम्प्रेषणमा समस्या हुने गरेको बताए । सन्तुलित र मर्यादित पत्रकारिताको अपेक्षा गरिएको र त्यसका लागि विभिन्न कार्यक्रमहरु गरी जानकारी दिनुपर्ने आवस्यकता रहेको बताए ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपालको संविधानले प्रेस स्वतन्त्रताको कुरा गरेको बताए । तर उच्च पदस्थहरुको विरोध ग¥यो भने चर्चित भइन्छ भन्ने कुराले पत्रकारहरुमाथि प्रश्न उठ्ने गरेको बताए । राष्ट्रले गरेको काममा सकारात्मक सन्देश दिएमा राष्ट्रिय एकता सद्भावमा बल पुग्ने तर पत्रकारहरुमा त्यस्तो मनस्थिति कम देखिने गरेको बताए ।

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचनले पत्रकारहरुलाई जिम्मेवार भएर रिपोर्टिङ गर्ने कुरामा प्रेस काउन्सिलले ध्यान दिनुपर्नेमा जोड दिइन । खासगरी महिला सम्बन्धी घटनामा पत्रकारहरुले गोपनियतामा ध्यान नदिएको पाइएको उनले बताइन ।

राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदीले पत्रकारहरुलाई हुने थ्रेटमा राज्यका निकायहरुले सम्बोधन गरिदिने वातावरण बन्नुपर्ने बताए । पत्रकारलाई आफ्नै कारणले कुनै थ्रेट भएको खण्डमा पत्रकार आफैले समेत सच्याउनुपर्ने बताए । सच्याइने कामको नेतृत्व प्रेस काउन्सिलले गर्नुपर्ने बताए ।

सूचना तथा प्रसारण विभागका प्रवक्ता इश्वरराज दाहालले कुनैपनि मिडिया दर्ता भइसकेपछि उक्त मिडियामा काम गर्ने पत्रकारलाई परिचयपत्र जारी गरिने र सोही परिचयपत्रको आधारमा जुनसुकै ठाउँबाट सूचना संकलन गर्न सक्ने बताए ।

यो विषय पनि पत्रकार आचारसंहितासँग जोडिने भएकोले त्यसको नियमन गर्न विद्यमान ऐन कानूनमा संशोधन आवश्यक रहेको बताए ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारको परिचय र सञ्चार माध्यम खुल्दैन र सूचना लिएर कहाँ प्रयोग गर्न खोजेको छ भन्ने कुरा स्पष्ट नभएसम्म सूचना नदिन आग्रह गरे ।

पत्रकारलाई चिनेर मात्रै सूचना दिनुपर्ने उनले बताए । त्यस्तै सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्ने र त्यो ठीक छ कि छैन भनेर हेर्ने काम प्रेस काउन्सिल नेपालले गर्ने बताए ।

कार्यक्रममा पत्रकारले संकलन गर्ने सूचना र त्यसबाट बन्ने समाचारको प्रभाव कस्तो पर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । यस्तै नयाँ मिडियाहरु र सामाजिक सञ्जाललाई नियमन गर्न पनि जरुरी रहेको प्रवक्ताहरुले बताएका थिए ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top