×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्यो, दोस्रो लहर आउनसक्ने चिन्ता

९ फाल्गुन २०७७

९ फागुन, एजेन्सी ।

भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ।

केही दिनयता संक्रमित बढेपछि कोरोनाको दोस्रो लहर आउनसक्ने  चिन्ता गरिएको छ। केही सातायता भारतमा संक्रमितको संख्या बट्दै गइरहेको थियो।

तर, दुई दिनयता ६ राज्यमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समय पुष्टि भएका संक्रमितमा नयाँ भेरियन्ट पनि देखिएको छ।

जुन यसअघि बेलायतमा देखिएको थियो। संक्रमितको संख्या फेरि बढ्नु र नयाँ भेरियन्ट देखिँदा भारतमा दोस्रो लहर आउनसक्ने विज्ञहरुले अनुमान गरेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, निको हुनेभन्दा संक्रमितको संख्या बढी हुन थालेको छ। शनिबार १३ हजार ९१९ संक्रमित थपिए भने ११ हजार ४१२ जना निको भए।

जबकी केही दिन अघिसम्म नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो। संक्रमण बढ्दै गएका ६ राज्यमा महाराष्ट्र, केरल, मध्यप्रदेश, गुजरात, राजस्थान र दिल्ली रहेका छन्।

महाराष्ट्रमा शनिबार ६ हजार २८१ संक्रमित थपिएका छन्, जबकी दुई हजार ५६७ जना निको भएका छन्। महाराष्ट्रमा संक्रमितको संख्या २० लाख ९३ हजार ९१३ पुगेको छ भने ५१ हजार ७५३ जनाको मृत्यु भएको छ।

अझै ४८ हजार ४५३ जनाको उपचार चलिरहेको छ। त्यस्तै, केरलमा शनिबार चार हजार ६५० नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १० लाख ३० हजार ५८८ पुगेको छ भने चार हजार ७५ जनाको मृत्यु भइसकेको छ।

अहिले पनि ५८ हजार ६०९ जनाको उपचार चलिरहेको छ। मध्यप्रदेशमा पनि शनिबार २५७ जनामा कोरोना देखिएको छ। संक्रमितको संख्या दुई लाख ५९ हजार १२८ पुगेको छ भने तीन हजार ८५० जनाको मृत्यु भएको छ।

गुजरातमा शनिबार २५८ जना संक्रमित थपिएका छन्। अहिलेसम्म दुई लाख ६६ हजार ८२१ जनामा संक्रमण देखिएको छ भने चार हजार ४०४ जनाको मृत्यु भएको छ।

यसैगरि राजस्थानमा ९८ जनामा कोरोना देखिएको छ। योसँगै संक्रमितको संख्या तीन लाख १९ हजार ४६१ पुगेको छ भने दुई हजार ७८५ जनाको मृत्यु भइसकेको छ। अहिले पनि एक हजार ३०० जनाको उपचार चलिरहेको छ।

दिल्लीमा शनिबार थप १५२ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ६ लाख ३७ हजार ७५५ पुगेको छ। दिल्लीमा १० हजार ८९८ जनाको मृत्यु भइसकेको छ। अहिले एक हजार २५ जनाको उपचार चलिरहेको छ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड नौ लाख ९१ हजार पुगेको छ। जसमध्ये एक करोड ६ लाख निको भएका छन भने एक लाख ५६ हजार ३३९ जनाको मृत्यु भएको छ।

अहिले एक लाख ४२ हजार ६९१ जनाको उपचार चलिरहेको छ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top