पूर्व प्रधानमन्त्री भट्टराई भन्छन्- उपचारका लागि विदेश जानुपरेकोमा लज्जित र दुखित छु

९ फागुन, काठमाडाैँ ।

Advertisement

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको बताएका छन्। डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत शरीरमा पलाएको ‘ट्युमर सामान्य कि घातक हो’ छुट्याउन नसकेर विदेश जानुपरेकोप्रति आफू लज्जित र दुखी बनेको बताएका हुन्।

उनले लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित र दुखित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला?’

Advertisement

साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद पनि दिएका छन्। भट्टराई पेटमा समस्या देखिएपछि आइतबार उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए।  उनको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top