पशुपतिमा सुनको जलहरी राख्न क्षमापूजा शुरू

९ फागुन ७७, सोमबार

काठमाडौँ : पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो ।

१ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरू गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । जलहरी राख्नुअघि भारतबाट आएका २५ जना पण्डित तथा नेपालका ९६ पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिरहेका पण्डित लक्ष्मण पन्थी बताउनुहुन्छ । सो पूजा आगामी बुधबारसम्म चल्नेछ । सुनको जलहरी निर्माण कार्य थालिएकाे एक हप्तामा सुनको जलहरी राखिसक्ने कोषले जनाएको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ । सुनको जलहरी बनाउन १ सय ८ किलो सुन लाग्ने कोषले जनाएको छ ।गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड रुपियाँ बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिनुभएको थियो ।, यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top