निर्वाचनकाे सबै तयारी तीव्र रूपमा भइरहेकाे दाबी

१० फागुन ७७, सोमबार

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक र बाह्य सबै तयारी तीव्र रूपमा अगाडि बढाइरहेको बताउनुभएको छ ।

Advertisement

निर्वाचनको तयारीबारे आइतबार गोरखापत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आयोगले कार्यतालिकाअनुसार नै काम गरिरहेकाले ढिला भएको छैन ।” दलसम्बन्धी विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन गराउन आयोगले आफ्नो तयारी तीव्र रूपमा अगाडि बढाएको जानकारी पनि उहाँले दिनुभयो ।

कुनै पनि राजनीतिक दललाई निर्वाचनबाट विमुख नगरिने उहाँले बताउनुभयो । दलसम्बन्धी विवाद कायम राखी निर्वाचनमा जान हुँदैन भन्नेमा आयोगको स्पष्ट धारणा रहेको बताउँदै उहाँले निर्वाचनमा आवश्यक पर्ने सबै प्रकारका कार्यविधि तयार भएको बताउनुभयो ।

Advertisement

आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गर्दा दलसम्बन्धी विवाद पनि सँगसँगै समाधान गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद आयोगमा अहिले पनि विचाराधीन छ । नेकपाको विवाद कसरी समाधान गर्ने भन्ने टुङ्गो अझै लागेको छैन ।

सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली अद्यावधिक गर्ने, त्यसमा रहेका त्रुटि हटाउनेजस्ता सबै कार्य अन्तिम चरणमा पुगेको छ । मतदाता नामावली र मतदान स्थल एवं मतदान केन्द्रको पुनरवलोकन गर्ने कार्य फागुन २१ गते पूरा गर्ने आयोगको कार्यतालिका हो, त्यो कार्यतालिकाअनुसार नै काम भइरहेको छ । मतदानमा चाहिने मतपेटिकाको मर्मतसम्भार र रङरोगन गर्ने कार्य भइरहेको छ । ती सबै सामग्री तयारी हालतमा राखिएको छ । अब निर्वाचनसम्बन्धी अन्य सामग्री खरिद गर्न योजना तयार भई बोलपत्र आह्वानको अन्तिम तयारी हुँदै छ ।, यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top