NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कर्णालीमा गर्भपतन गराउने किशोरीको संख्या बढ्दै

सोमवार फाल्गुन १० , २०७७
Reading Time: 1 min read
A A
कर्णालीमा गर्भपतन गराउने किशोरीको संख्या बढ्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० फागुन, सुर्खेत ।
सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो।

बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो। जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए। अन्ततः उनीहरुबीच सम्बन्ध टिकेन।

प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य भइन्। गर्भपतन गराउँदा उनको पेटमा आठ हप्ताको गर्भ थियो।

Advertisement

गर्भपतनका साथै प्रमीको मायाप्रेमबाट टाढिनुपर्दा ती किशोरी शारीरिक तथा मानसिकरूपले विक्षिप्त भइन्। उनले अहिले रोकिएको पढाइलाई बल्ल निरन्तरता दिएकी छिन्।

लहैलहैमा लागेर किशोरीले प्रेम सम्बन्ध राख्ने र प्रेमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ। उचित परामर्श नपाउँदा यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन्।

टिपिओ नेपाल सुर्खेतका मनोपरामर्शकर्ता शर्मिला बिसी किशोरीमा गर्भ निरोधकका अस्थायी साधन प्रयोगको कमी हुँदा गर्भपतन गराउनुपर्ने अवस्था निम्तिने गरेको बताउँछिन्।

“ग्रामीण परिवेशमा अविवाहित किशोरीले अस्थायी साधन प्रयोग गर्न सक्ने वातावरण हुँदैन, समाजले देख्ला भन्ने डर हुन्छ, पुरुषले सजगता अपनाउनुपर्ने हो तर उनीहरुमा वास्तै हुँदैन, त्यसको सिकारमा किशोरी÷महिला पर्ने गर्छन्, उनी भन्छिन्, “जसले गर्दा महिलाहरु गर्भपतन गराउन बाध्य हुन्छन्, अझ असुरक्षित तवरले गर्भपतन गराउन खोज्नेको ज्यानै जोखिममा पर्ने पर्दछ।” यसले कतिपय महिलामा डिपे्रसन ९मानसिक अवसाद०को समस्या देखापर्ने गरेको छ।

मनोपरामर्शकर्ता शर्मिलासँग बन्दाबन्दीका बेला पूर्वी सुर्खेतको एक किशोरीलाई आत्महत्या गर्नबाट जोगाएको अनुभव छ। “स्नातक तहमा पढ्ने अविवाहित ती किशोरी पनि आफ्ना पे्रमीबाट धोका पाएपछि निकै तनावमा पर्नुभयो, टिपिओ नेपालको हेल्पलाइनमा सम्पर्कमा आएपछि हामीले काउन्सिलिङ गर्‍यौं”, शर्मिला भन्छिन्, “गर्भपतनको कुरा घर–परिवारबाट गोप्य राख्नुपर्दा उचित खानपिन र आरामको कमीले उहाँ अझै तङ्ग्रिन सक्नुभएको छैन।”

यही जेठमा वीरेन्द्रनगरस्थित एक क्लिनिकमा ती किशोरीले अढाइ महिनाको भ्रूणको गर्भपतन गराएकी थिइन्। उनलाई अहिले योनीबाट सेतो पानी बग्ने र महिनावारीमा गडबडी हुने समस्या छ। शर्मिला भन्छिन्, “सायद हाम्रो सम्पर्कमा नआएको भए ती किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुग्नुहुन्थ्यो किनकी अविवाहितले बच्चा जन्माएको समाजले स्वीकार गर्दैन।”

गर्भपतन गराउने किशोरी उमेरको सूचीमा विवाहित पनि छन्। नेपालको कानूनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष हो। त्यसैले सचेतनाका लागि भन्ने गरिन्छ, ‘बिहेवारी २० वर्ष पारि’ तर कर्णालीमा उमेर नपुगी गरिने बिहेअर्थात् बालविवाहको प्रचलन कायमै रहँदा कतिपय किशोरी उमेर नपुग्दै गर्भपतन गराउनुपर्ने बाध्यतामा पुग्ने गरेका छन्।

तत्काल सन्तान जन्माउने रहर नहुनु, पहिलो सन्तान छोरा चाहनु, पढाइ तथा वृत्तिविकासमा असर पर्नेजस्ता कारण देखाएर किशोरी उमेर समूहका महिलाले गर्भपतन गराउने गरेको पाइएको छ।

प्रेमीबाट धोका पाउनु, हाडनाता करणीबाट गर्भ रहनुले पनि कतिपय किशोरी गर्भपतन गराउने बाध्यतात्मक अवस्थासम्म पुगेका हुन्छन्। सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर सुर्खेतका अनमी काउन्सिलर मीना आचार्य पहिलो सन्तान नजन्माई गर्भपतन गराउँदा जटिल स्वास्थ्य समस्या निम्तिने बताउँछिन्।

“पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु भनेको जोखिमपूर्ण कार्य हो, यसले बाँझोपन बढाउने खतरा रहन्छ”, उनले भनिन्, “सुरक्षित गर्भपतनसम्बन्धी कानूनी व्यवस्था र सेवाको सहज उपलब्धताका कारण हामीकहाँ गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रूपमा बुझ्ने गरिएको छ, जसले गर्दा महिलाको स्वास्थ्यमा जटिल समस्या देखिने सम्भावना प्रबल हुन्छ।”

उमेर नपुग्दै गरिने गर्भपतनले महिला मानसिक तथा शारीरिक रूपले कमजोर हुनुका साथै रगतको कमी हुने, बच्चा जन्माउन गाह्रो हुने र गर्भपतनपछि उपचारमा जटिलता हुने गरेको उनको भनाइ छ।

२० प्रतिशत किशोरी
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार सुरक्षित गर्भपतन गराउने महिलामध्ये बर्सेनी १० देखि २० प्रतिशतसम्म किशोरी छन्। आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म कर्णाली प्रदेशमा पाँच हजार ७४२ महिलाले सुरक्षित गर्भपतन सेवा लिए।

तीमध्ये ७७६ जना २० वर्षभन्दा कम उमेरका थिए। विसं २०७५–०७६ को सोही अवधिमा पाँच हजार ७४१ मध्ये ९१२ जना किशोरी थिए। त्यस्तै २०७६ देखि २०७७ असोजसम्म सुरक्षित गर्भपतन सेवा लिनेमध्ये ५८६ जना २० वर्षभन्दा कम उमेर समूहका थिए।

विसं २०७६–७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ।

मेरी स्टोप्स सेन्टर सुर्खेतले सुरक्षित गर्भपतन गराउन आउने महिलाहरुमा १६ देखि २४ वर्षसम्मका बढी रहेको जनाएको छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनमा १८ वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्ने उल्लेख छ तर सोभन्दा कम उमेर समूहका गर्भवती महिलाले गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्नुको साटो गर्भपतनलाई जोड दिँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन्।

कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ।

त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ।(रासस)

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.