×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबलः दाहाल

१५ फाल्गुन २०७७

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र आफूहरु मिल्दा भारतलाई कम्पर्टेबल हुने बताउनु भएको छ ।

अध्यक्ष दाहलले शुक्रबार राति एक टेलिभिजनसँगको अन्तर्वातामा कांग्रेस, जसपा र आफूहरु सम्मिलत तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताउनु भएको हो ।

Advertisement
Advertisement

‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो’, अन्तर्वाताका क्रममा दाहालले भन्नुभयोे,’ हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उतिकै कम्फर्टेबल हुन आउँछ ।’

अध्यक्ष दाहालले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गर्नुभयो ।

त्यसैले यहाँ स्थायित्वका लागि पनि कांग्रेस, जसपा र आफूहरु मिल्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनु भयो । ‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाइ नेपालमा स्थायित्व र विकास हुँदैन, उहाँले थप्नुभयोे, ‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु’, नेकपाका अध्यक्ष दाहालले भन्नुभयो ।

Advertisement

अन्तार्वाताका क्रममा दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दावी गर्नुभयो ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top