४ लाख ३२ हजार बढी ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए

२५ फागुन ७७, बुधबार

२६ फागुन, काठमाडौँ ।

दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको २ दिनमा ४ लाख ३२ हजार ४ सय ६८ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मंगलबारको कोभिड खोप सम्बन्धी प्रेस व्रिफ्रिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ लाख १७ हजार ३ सय १९ र दोस्रो दिन २ लाख १५ हजार १ सय ४९ जनाले खोप लगाएको जानकारी दिए ।

Advertisement

प्रवक्ता डा. गौतमले यस चरणमा ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने लक्ष्य अनुसार मंगलबारसम्मको तथ्याङ्क अनुसार २४ दशमलव ३ प्रतिशत खोप लगाइएको जानकारी गराए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top