भायानेटले ल्यायो १ रुपैयाँमै सेट–अपबक्स

२६ फागुन ७७, बिहीबार

२६ फागुन, विराटनगर ।
नेपालभरि व्यवसायिक र व्यक्तिगत प्रयोजनकालागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले एक रुपैयाामै सेट–अपबक्स अफर ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सेवा र अफरहरु प्रदानगर्दै आएको भायानेटको यो अफर अन्तर्गत ग्राहकहरुले १ वर्षको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्स मात्र १ रुपैयामा प्राप्त गर्ने भएका हुन् ।

Advertisement

यसै गरी १ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. १ हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. ५ सय पर्ने भायानेटले जनाएको छ । ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत् अधिकतम मनोरञ्जन प्रदान गर्न यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top