अमेरिकामा मे महिनाभित्र सबै वयस्क नागरिकलाई खोप लगाइने

२८ फागुन ७७, शुक्रबार
Share this
706shares

२८ फागुन, एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क नागरिकलाई खोप लगाउने गरी तयारी थालिएको जानकारी दिएका छन् ।

Advertisement

आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उनले सबै वयस्क उमेरका नागरिकलाई खोप लगाउन राज्य तथा स्थानीय निकायलाई आदेश दिइने बताएका हुन् ।

उनले युवा उमेर समूहका सम्पूर्ण नागरिकलाई खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन् । खोप अभियानलाई विस्तार गरिरहेको अमेरिकाले पशु चिकित्सक तथा दाँतका डाक्टर (डेन्टिस) ले पनि खोप लगाइदिन सक्ने गरेर व्यवस्था मिलाएको छ ।

Advertisement

साथै खोपकर्तालाई स्थानीयस्तरमै पठाएर खोप लगाउने व्यवस्था मिलाइने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ रहेको छ । साथै बाइडेनले जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा सानोतिनो भेला गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top