बाइडेनद्वारा १९ खर्बको आर्थिक राहत विधेयकमा हस्ताक्षर

२८ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् ।

बाइडेनको हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ । कोरोनाका कारण जनजीविकामा नै समस्यामा परेका नागरिकलाई सहायता दिलाउन भन्दै यो विधेयक ल्याइएको होे ।

बाइडेनले यो विधेयकमा समावेश भएका योजनाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।

Advertisement

कोरोनाका कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म २ करोड ९९ लाखभन्दा जना कोरोना भाइरसबाट सङ्क्रमित छन् भने पाँच लाख ४३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top