अमेरिकामा उबरका नेपाली चालकमाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ

२८ फागुन, एजेन्सी । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए । यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन् । साथै उनले चालक खड्काको मोबाइल खोस्ने प्रयाससमेत गरेकी थिइन् र उनले लगाएको मास्क खोलिदिएकी थिइन् ।

चालक खड्काका अनुसार उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्यरुपमा लगाउनुपर्छ । आइतबार तीन जना महिला ट्याक्सीमा चढेका थिए । जसमध्ये अरु दुईजनाले मास्क लगाएका थिए तर एक महिलाले भने मास्क लगाएकी थिइनन् । खड्काले नियमअनुसार मास्क लगाउन सुझाए । उनले मास्क आफूसँग नभएको बताएपछि उनले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन (पेट्रोल पम्प) तर्फ मोडे । ग्यास स्टेसन नपुग्दै उनीहरुले खड्कामाथि दुर्व्यवहार गरे ।

Advertisement

प्रहरीका अनुसार चालक खड्काले मास्क नलगाई ट्याक्सीमा राख्न नसक्ने बताएसँगै उनीहरुले हिँड्ने बेलामा खड्काको आँखामा पोल्ने खालको रसायन पनि छर्किएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ ।

खड्काले यस विषयमा सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए । उनले आफू एसियाली मूलको भएकै कारण महिलाले आफूमाथि दुर्व्यवहार गरेको बताएका थिए । उनले आफूले उनीहरुलाई केही नराम्रो नभनेको भए पनि उनीहरुले दुर्व्यवहार गरेको उल्लेख गरे । उनले आफू नराम्रो भन्ने र गाली गलौज गर्ने संस्कारको मान्छे नभएको स्पष्ट पारेका थिए । खड्का आठ वर्षअघि अमेरिका गएका थिए ।

Advertisement

बिहीबार उबरले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्व्यवहारमा संलग्न तीनैजनालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उबरले कुनै पनि किसिमको रंगभेदी र कुनै पनि समुदायमाथि घृणा फैलाउने किसिमको कार्यको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Advertisement

भर्खरको समाचार

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top