देशका विभिन्न ठाउँमा कोरोना खोप अभाव, खोप अभियान नै प्रभावित बन्दै

२८ फागुन, काठमाडौँ । देशका विभिन्न ठाउँमा कोरोनाविरुद्धको खोप अभाव भएको छ । यसले गर्दा दोस्रो चरणको खोप अभियान नै प्रभावित हुन थालेको छ ।

सरकारले गएको २३ गते देखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन थालेको छ । अहिलेसम्म ९ लाखभन्दा धेरै ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

यो अभियानमा सरकारले ६५ वर्षमाथिका झण्डै १७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेको थियो । तर, अपेक्षा गरिएअनुसार थप खोप नआउँदा केही ठाउँमा खोप अभाव हुन थालेको छ । अहिले भएको खोपको मात्राले खोप दिने भनिएको झण्डै १७ लाख ज्येष्ठ नागरिकमध्ये केहीलाई नपुग्ने अवस्था देखिएको छ ।

Advertisement

अहिले गण्डकी प्रदेश, प्रदेश नम्बर १ र २ नम्बर प्रदेशका केही पालिकामा खोपको अभाव भएको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए ।

उनले अभाव देखिएको ठाउँमा समन्वय गरेर भएका खोप पुर्याउने तयारी थालेको पनि जानकारी दिए । कतिपय ठाउँमा अनुमान गरिएभन्दा खोप लगाउनेहरु धेरै भएकाले पनि अभाव देखिएको उनको भनाइ छ । खोप अभियानमा ज्येष्ठ नागरिकको उपस्थिति उत्साहजनक पाइएको छ ।

Advertisement

नेपालमा अहिलेसम्म साढे १३ लाख जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । तर, खरिद गरेकै खोप पनि कहिले आउँछ भन्ने अन्योल रहेकाले लक्ष्यअनुसार ज्येष्ठ नागरिकलाई पनि खोप दिन चुनौती देखिएको छ ।

सरकारले खोप भएसम्म वितरण गर्ने जनाएको छ । तर, खोप आउन ढिलाइ भए खोप अभियान केही समयका लागि रोकिने छ । केही समय खोप अभियान रोकिए पनि आत्तिहाल्नु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए ।

सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै थप ५० लाख डोज खोप खरिदको प्रक्रिया थालेको बताए पनि यसमा पनि अन्योल देखिएको छ । नेपालले सबैभन्दा पहिले भारतबाट १० लाख डोज खोप अनुदानमा पाएको थियो ।

त्यसपछि भारतकै खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित २० लाख डोज खोप सरकारले खरिद गरेको थियो । तर, खरिद गरेको २० लाख डोजमध्ये नेपालमा जम्मा १० लाख डोज खोप मात्रै आएको छ । बाँकी खोप आउन बाँकी छ ।

बाँकी खोप कहिलेसम्म आइपुग्छ भन्ने अझै टुङ्गो लागिसकेको छैन । सरकारले जतिसक्दो यी खोप ल्याउन खोप उत्पादक कम्पनीसँग छलफल गरिरहेको बताएको छ । यस्तै, कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो । सरकारले पहिलो चरणको खोप अभियानमा ४ लाख २९ हजारलाई खोप दिएको थियो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top