Nepal Times
Nepal Times
3
Shares

प्रदेश स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

प्रदेश स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

२८ फागुन, विराटनगर ।

प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन् ।

उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक प्रदेश स्तरिय लेखन प्रतियोगितामा संखुवासभाकी सविना धिताल द्धितिय, झापाकी अम्विका भट्टराई तृतिय, मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेल सान्तवना भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । लेखन प्रतियोगितामा प्रथम, द्धितिय,तृतिय र सान्तवना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३–३ हजार र प्रमाणपत्र वितरण गरिएको सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद शाखाका अधिकृत कोमलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि छनौट भएका छन् ।

पुरस्कार वितरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कार्की, उपसचिव कृष्णप्रसाद पोखरेल, यूवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरे लगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.