ईटहरीबाट कम तौल भएको सिलिण्डर बरामद

२९ जेठ ७५, बुधबार

विराटनगर,जेठ ३०
सुनसरीको ईटहरी उपमहानगरपालिका –९ स्थित बिकास अग्रवालको भवानी ग्याँस स्टोरबाट कम तौल भएको सिलिण्डर प्रहरीले बरामद गरेको छ ।

अग्रवालको उक्त डिलरमा राखिएको एउटा ग्याँस सिलिण्डरको तौल २९ किलो ६०० ग्राम हुनुपर्नेमा २६ किलो ७०० ग्राम मात्र भएको पाइएपछि प्रहरीले उक्त सिलिण्डर बरामद गरी अनुसन्धान शुरु गरेको छ।

अग्रवालको डिलरबाट बिक्रि भएको ग्याँसमा कम तौल भएको उजुरी परेपछि इलाका प्रहरी कार्यालयले उनको पसलमा चेकजाँच गर्दा सो सिलिण्डर बरामद भएको थियो।

Advertisement

नक्कली हेयर कलर बरामद

प्रहरीले इटहरी उपमहानगरपालिका ६ स्थित अमरेन्द्र कुमार राउतको एम. के. कस्मेटिक पसलबाट ५९ पिस नक्कली हेयर कलर बरामद गरेको छ।

Advertisement

उक्त पसलमा नक्कली कस्मेटिकका सामान बिक्री वितरण हुने गरेको भन्ने विशेष सुचनाका आधारमा प्रहरीले उनको पसलबाट नक्कली स्ट्रिक्स क्रिम हेयर कलर बरामद गरेको हो ।

सामानसंगै पसल धनि राउतलाई समेत इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top