चाईना साउर्दन एयरलाईन्स विमानसंख्याको हिसाबले एशियामा एक नम्बर

विराटनगर,जेठ ३०
चाइना साउर्दन एयरलाइन्सले बजार प्रर्बधनात्मक कार्यक्रम गरेको छ ।

Advertisement

विराटनगरमा गरिएको कार्यक्रममा एयरलाईन्सका बजार प्रबन्धक कोबिन ल्यू ले एयरलाईन्सले प्रदान गर्दै आएको सेवा र कम्पनीसंग भएका विमानहरुको बिशेषताका बिषयमा सहभागिलाई जानकारी गराए ।

एयरलाईन्सका नेपाल प्रबन्धक लिंकल्न ली ले चाईना साउर्दन एयरलाईन्स विमानसंख्याको हिसाबले एशियामा एक नम्बर र विश्वमा चौथो नम्बरमा रहेको बताए।

Advertisement

उनले एयरलाईन्सले काठमाण्डौबाट चाईनाको गोन्जाउसम्म प्रतिदिन दुईटा उडान भर्नुका साथै कम्पनीसंग भएका सातसय ५० वटा विमानहरुबाट विश्वका एकहजार ६२ गणतब्यमा नियमित उडान भर्ने गरेको जानकारी दिए ।

एयरलाईन्सका डेप्युटी सेल्स म्यानेजर धिरज श्रेष्ठले सन २०१७ मा चाईना एयरलाईन्सले विश्वभरका एकसय २६ मिलियन यात्रीलाई आफ्नो गणतब्यसम्म पु¥याएको जानकारी दिए।

Advertisement

नेपालबाट भने सो बिमानको प्रयोग गरेर अस्ट्रेलिया, अमेरिका, जापान र कोरिया आउजाउ गर्नेको संख्या उल्लेख्य रहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top