सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

काठमाडौँ, जेठ ३०

सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ ।

दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन हुने अपेक्षा गरेका छन् ।

Advertisement

ती पत्रिकाहरुमा बुधबार छापिएका शीर्षकहरुले सो वार्ताको प्रशंसा गर्दै त्यसमा भएको अमेरिका र उत्तर कोरिया सम्झौताको कार्यान्वयनमा दक्षिण कोरियाली नागरिकले खुसी व्यक्त गरेका बताइएको छ ।

सिङ्गापुर वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए। उनको सो प्रतिवद्धताको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले प्रशंसा गरेका हुन् ।

Advertisement

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरेका छन्।

दुई नेताबीच भएको यो पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्प उत्तर कोरियाली नेताले यसअघि गत अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपतिसँग गरेको सहमतिको कार्यान्वयनमा पनि सहमति जनाएका थिए।

दक्षिण कोरियाली अखबारहरुले अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गरेको र एक्लाएक्लै वार्तामा बस्न पाएको अवसरको सदुपयोग गर्नुपर्ने समाचारमा दिएका छन् ।

यस वार्ताको सफलताबाट विश्वले दुई कोरियाबीच पनि एकताको अपेक्षा गरेको दक्षिण कोरियाली अखबारहरुका बुधबारका शीर्षमा दिएका छन् ।

समाचारमा त्यस्तो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ भनिएको छ ।

कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ– ती अखबारका शीर्षकमा भनिएको छ ।

त्यस्तै सन् १९५३ मा अनायासै कोरिया विभाजन भएपछि आजका दिनसम्म जुन पीडा दुई देशको रुपमा दुई देशका अधिकांश नागरिकले भोगेका छन् त्यस पीडाको अन्त्य यस शिखर वार्ताले गरिदिने अपेक्षा दक्षिण कोरियाली नागरिकले पनि गरेका समाचारमा जनाइएकोे छ ।

यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो भन्ने आसय यस शिखर वार्ताका क्रममा विश्वव्यापी रुपमा आएको पनि दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रासस

 

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top