×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

पार्टीको विधान, अनुशासनविपरीत गुटगत भेला गरे कारबाही गरिनेछः प्रधानमन्त्री

३ चैत्र २०७७

३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका हुन्।

Advertisement
Advertisement

पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए।

‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ’, अध्यक्ष ओलीले भने।

‘सुन्दैछु भोलि भेला आयोजना गरेको छ रे। नेकपा एमालेसँग आवद्ध, सम्बन्ध कोही नेता वा कार्यकर्तालाई गुटगत भेला नगर्न, नगराउन र त्यस्ता भेलामा सरिक नहुन नजान सचेत गराउन चाहन्छु’, अध्यक्ष ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम् कार्यकर्तालाई अनुरोध गर्छु।’

उनले भोलिको भेलामा एक नजर त्यतातिर लगाउनेसमेत बताए । सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाई छ। आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी छ।

आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए।

विचार केन्द्रीत अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने भन्दै ओलीले विचारको राजनीति गर्ने छुट सबैमा भएको बताए।

‘यस पार्टीमा कसैमाथि अन्याय हुन्न। ठूला–ठूला अपराध भएका छन्। तर हामीले फराकिलो हृदय लिएका छौ’, उनले भने, ‘एकदम अपराध गर्नेलाई स्वागत त गर्दैनौं। तर स्वीकार्छौ। त्यसका लागि सच्चीएर काम गर्नुपर्छ।’

अध्यक्ष ओलीले पार्टीले बोलाएको चियापानमा नआएर कसको निम्तामा जाने भन्दै असन्तुष्ट पक्षका नेताहरूलाई प्रश्न गरेका थिए। ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गरेका हुन्।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गर्दै पार्टीले बोलाएको चियापानमा बैठक बसेरै नआउने निर्णय गरेको भन्दै व्यङ्ग गरे। ‘एकथरी अनुहारका साथीहरू चियापानमा देखिनुभएन, हिजो बेलुकी बैठक बसेर पार्टी अध्यक्षको चियापान नजाने भनेर निर्णय गर्नुभएछ,’ उनले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निमन्त्रणा र चियापान नजाने, कसको निम्ता र चियापानमा जानुहुन्छ?’

ओलीले चियापानमा नेताहरू नआउनु राम्रो लक्षण नभएको टिप्पणी गरे। ‘कुनै कारणबस भ्याउनुभएन होला भन्ने म ठान्छु, चियापानमा नआउने निर्णय गर्नुभएन होला भन्ने म ठान्छु,’ उनले भने, ‘अझै केही समय बाँकी छ, भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, कति तमासा गर्नुहुन्छ, एक नजर चाहिँ त्यता राखिनेछ।’

ओलीले पार्टीलाई धम्क्याएर र धु¥क्याएर ठेगान लगाउने नसोच्न आग्रह गर्दै विधिविधान अनुसार पार्टी चल्ने स्पस्ट पारे। नचाहिने कुराका अगाडि पार्टी नझुक्ने स्पस्ट पार्दै उनले सत्यसँग नलड्ने, निउँखोजहाहरूसँग नझुक्ने आफूहरूको नीति रहेको स्पष्ट पारे।

Advertisement

ओलीले कसैले उक्साहट र विभिन्न हल्ला फैलाएर आवेश र उत्तेजनामा ल्याउन खोजे पनि संयम र गम्भीर हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे। यद्यपि आफूहरू लाचार भने नबन्ने उनको भनाइ छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top