सभामुख सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको प्रधानमन्त्रीको आरोप

३ चैत ७७, मंगलबार
Share this
706shares

३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् ।

Advertisement

एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरिएको बताए ।

संसद विघटनको औचित्य पुष्टि हुने अवस्था बनेको भन्दै उनले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद पहिलो दिनदेखि आफैं बहिस्कार गर्ने, आफैंले चल्न नदिने स्थिति बन्यो ।’

Advertisement

सभामुख पनि सेटिङमा चलेको र संविधान कार्यान्वयनको कर्तव्यबाट चुकेको प्रधानमन्त्री ओलीको आरोप छ ।

‘सभामुखले मन्त्रीजी एकछिन् पख्नुस् भनेर रोकेपछि एकछिन् स्थगित भनेर अर्कोदिनलाई स¥यो भनेर संवैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन’ उनले अघि भने, ‘संविधानको कार्यान्वयनप्रति सभामुखको जुन प्रतिवद्धता रहनुपर्थ्यो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति र सेटिङबाट कार्यान्वयन हुन दिइएन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top