३ चैत, सिन्धुली । सिन्धुलीको करङडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।
अन्य ७ जना घाइते भएका छन् । बा १७ च १११७ नम्बरको जिप अपरान्ह पौने ४ बजे कमलामाइ नगरपालिका–७ करङडाँडामा सडकबाट करिब ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका वृद्ध रुद्रबहादुर थापा, १८ वर्षिया रीता इस्माली, १९ वर्षिय दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुर्घटनमा जिप चालक पनि घाइते भएका छन् । ११ जना सवार जिपका घाइते सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।