६ चैत, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ ।
बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ ।
नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।
अहिले आगो नियन्त्रणमा आएको छ । अहिले के–कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ मा आगलागी हुँदा झन्डै ७५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।