NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

साथीहरु त स्कुल जान्छन्, म पढ्न गए मेरो कापी, किताब खर्चमै समस्या हुन्छ

शनिबार चैत्र ७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
साथीहरु त स्कुल जान्छन्, म पढ्न गए मेरो कापी, किताब खर्चमै समस्या हुन्छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ चैत्र, टीकापुर ।
बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन्।

पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन्।

टीकापुर नगरपालिका–१ विजयनगरकी अन्जुमा चौधरी घर लिप्दै थिइन्। चौध वर्षीय अन्जुमाको दैनिकी साँझ बिहान घरको काम र दिउँसो इँटाभट्टामा बित्ने गरेको छ। अन्जुमा टीकापुरकै खड्ग स्मृति मावि टीकापुरमा कक्षा ७ मा पढ्दै थिइन्।

Advertisement

तर अहिले उनलाई पढाइ छोडेर अहिले आमाबुबासँग काम गर्नुपर्ने बाध्यता बनेको छ। गत माघदेखि विद्यालय छोडेर आमाबुबासँगै स्थानीय एक इँटा उद्योगमा काम गर्न थालेकी हुन् उनले। पढाइलेखाइ गर्ने रहर शक्ति भए पनि गरिबीका कारण पढाइ छोडेर श्रममा लागेको बताउँछिन् उनी।

साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ। रहर र पढ्ने जाँगर नभएको होइन, अन्जुमा भन्छिन्, घरको अवस्था कमजोर छ। बुबाआमाको काममा सघाएमा परिवार पाल्न सजिलो हुन्छ। म पढ्न गए मेरो कापी, किताब खर्च र मेरो पालनपोषण व्यवस्थापनमा समस्या हुन्छ।

पढ्ने, लेख्ने उमेरमा सबै नानीबाबुलाई शिक्षाको पहुँचमा पुर्‍याउन शिक्षालाई संविधानले मौलिक हकको रुपमा राखेको छ। संविधानले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा मावि तहसम्म निःशुल्क गरेको छ तर घरायसी कारणले शिक्षा सबैको पहुँचमा पुग्न सकेको देखिँदैन।

टीकापुरकी सावित्री चौधरी पनि विद्यालय छोडेर घरको काममा लाग्नुपरेको छ। सावित्रीले पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय छोडेको बताइन्। हामी गरिबीमा हुर्किरहेका छोरीहरुका आफ्ना सपना हुँदैनन्।

हामीले घरको अवस्थाअनुसार आफूलाई बदल्नुपर्छ, सवित्री भन्छिन्, ठूली भएकी छोरीले घर सम्हालेमा बुबाआमाले ज्यालादारी गर्न सहज हुन्छ। त्यही कमाइले घर चल्छ। त्यसैले पढाइ छोडेँ।

आर्थिक विपन्नताको कारण विद्यालय पढाउन नसक्ने नानीबाबु र अभिभावकको पहिचान गर्नु सके पढ्ने उमेरमा नानीबाबु विद्यालयको पहुँचभन्दा बाहिर जान पाउँदैनन्।

विद्यालयमा निःशुल्क तथा अनिवार्य शिक्षा भने पनि कापी कलमसम्म किन्न नसक्नेका लागि केही सहुलियत भए अभिभावकलाई सहजता हुने अभिभावक लक्षिराम चौधरीको भनाइ छ।

शिक्षा निःशुल्क छ तर पढ्नका लागि कापी, किताब, पोशाकलगायत अन्य खर्च जुटाउन समस्या हुन्छ, चौधरी भन्छन्, स्थानीय सरकारले यस्ता बालबालिकाको सबै खर्चको जिम्मा लिनुपर्छ।

विपन्न अभिभावकले श्रम गर्ने उमेर पुगेका बालबालिकालाई विद्यालय छुटाएर श्रममा लगाउन खोज्नाले बालबालिकाको भविष्य बिगर्न थालेको छ। विद्यालय जाने उमेरका नानीबाबु शिक्षाबाट वञ्चित नहोउन भनी पढाइमा केही टेवा पुर्‍याउनका लागि सबै विद्यालयमा छात्रवृत्तिको व्यवस्था हुने गरेको छ।

आर्थिक विपन्नता तथा घरायसी कारणले पढ्न नपाएका बालबालिको शिक्षाका लागि विद्यालय तथा सम्बन्धित निकायमार्फत पढ्ने वातावरण बनाउने जिम्मा सरकारको रहेको कैलालीको जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले बताए।

सरकारले विभिन्न क्षेत्रबाट छात्रवृत्ति दिइरहेको हुन्छ। अभिभावकले पनि चासो राखेर छात्रवृत्ति लिने कोशिश गर्नुपर्छ, कपाडीले भने, अभिभावकले कमजोरी देखाएर छोराछोरीलाई शिक्षा आर्जन गर्नबाट बञ्चित गराउन पाइँदैन, अति समस्यामा रहेका बालबालिकाको शिक्षामा सघाउन पालिका तयार छ।

पढ्ने, खेल्ने उमेरमा माटो, ढुङ्गा र हिलोसँग श्रम खर्चिन कसैलाई रहर हुँदैन। रमाइलोका लागि बालबालिका खेल्नु र श्रम गरेर आर्थिक बोझमा थिचिनुमा फरक रहेको बालश्रम न्यूनीकरणमा लागेका बताउँछन्।

सरकारले असहाय, अनाथ र संरक्षक नभएका बालबालिको अभिभावकत्व लिन सरकारी स्वामित्वमा २०३० सालदेखि नै काम गरिरहेको छ। नेपाल बाल सङ्गठनअन्तर्गत कैलालीमा रहेको नेपाल बाल सङ्गठन कैलालीमा विसं २०७० पछि संस्थामा एक जना पनि बालबालिका भने छैनन्।

बाल सङ्गठन कैलालीका अध्यक्ष चूडामणि भट्ट कमजोर आय भएका, बालश्रममा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोगजस्ता कार्य अगाडि बढाउन आवश्यक रहेको बताउँछन्।

नानीबाबुलाई पढ्ने उमेरमा पढाइ छुटाएर काममा लगाउनु गलत हो तर पनि नानीबाबु श्रम गर्न बाध्य छन्। अधिवक्ता गम्भीरसिंह ऐर यसरी बालबालिकालाई श्रममा लगाउन नपाइने बताउँछन्।

पढ्ने उमेरका बालबालिकाई श्रममा लगाउन पाइँदैन, उनीहरुलाई श्रममा लगाएमा उमेर हेरेर सजायको व्यवस्था छ, उनी भन्छन्, बालबालिका देशको भविष्य भएकाले यिनीहरुको संरक्षण र शिक्षादीक्षाको जिम्मा अभिभावक, समाज र राष्ट्रको हो। बालबालिकाले ढुक्कले पढ्न पाउने वातावरण तयार गर्ने जिम्मा सरकारको हो।

उनले १८ वर्षमुनिका बालबालिकालाई उद्योग, कलकारखानामा कामदार तथा श्रमिकका रुपमा लगाउनै नमिल्ने बताए। स्थानीय सरकारले आफ्नो पालिकामा भएका बच्चाको शिक्षाको जिम्मा लिनुपर्‍यो, उनले भने, घरायसी कामको चाप तथा अभिभावकको समस्याका कारण पढ्न नपाउँदा नानीबाबुको भविष्य अन्धकार बन्नबाट जोगाउन स्थानीय सरकारले जिम्मा लिएर बालश्रम रोक्न सकिन्छ।(रासस)

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.