एकताको जगमा समृद्धिको जिम्मेवारी ः भट्टराई

३० जेठ ७५, बिहीबार

काठमाडौँ, जेठ ३१

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रमा नेता भट्टराईले कम्युनिष्टहरुबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताएका हुन्।

Advertisement

उनले भने, “विगतमा हामी मागहरु पेश गर्ने हैसियतमा थियौँ, आज माग पूरा गर्ने जिम्मेवारीमा छौँ । सबै जनता र राष्ट्रको अगुवाइको जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रो काँधमा छ ।”

नेकपाका स्थायी कमिटीका पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्माले चौतारी र प्रेस सेन्टर नेपालको एकता र सशक्तताका लागि शुभकामना दिए ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले दुई संगठनको एकताका लागि गठित कार्यदलको कार्यतालिकाअनुसार दुई संगठनको चाँडै एकता हुने जानकारी दिए।

चौतारीसँग एकताका लागि शुक्रबार बिहान सेन्टर केन्द्रीय कमिटीको बैठक बस्ने र दिउँसो संयुक्त भेला गर्ने कार्यक्रम छ ।
रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top