इन्डोनेसिया र तिमोर लेस्तेमा बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १५० नाघ्यो

२४ चैत, काठमाडौँ । इन्डोनेसिया र तिमोर लेस्तेमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १५० नाघेको छ । अझै पहिरो र बाढीमा दर्जनौँ हराइरहेका त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने तिमोर लेस्ते​ बढी प्रभावित भएको बीबीसीले जनाएको छ । यस प्रकोपबाट इन्डोनेसियामा १३० र तिमोरमा २७ जनाको ज्यान गइसकेको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । तिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गइसकेको बीबीसीमा उल्लेख छ ।

इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराइरहेका र उनीहरुको खोजी तथा उद्धार कार्य भइरहेको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ । बाढी पहिरोका कारण करिब दश हजार घरसहित भौतिक संरचनामा क्षति पुगेको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको छ ।

Advertisement

वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुमा आउने बाढी र पहिरोको कारण सयौँ मानिसको ज्यान जाने गरेको छ। गएको जनवरीमा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ सहरमा आएको बाढीमा कम्तीमा ४० व्यक्तिको ज्यान गएको थियो। त्यसैगरी गएको सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परेर ११ व्यक्तिले ज्यान गुमाएका थिए ।

त्यहाँको आधा जनसङ्ख्या बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा बसोबास गरिरहेका विपद्सम्बन्धी विभिन्न तथ्याङ्कमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top