उत्तर कोरियामा गम्भीर खाद्य सङ्कट आउन सक्ने किमको चेतावनी

२७ चैत, एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो सङ्कटका लागि तयार रहन आग्रह गरेका छन् ।

Advertisement

नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका छन् ।

उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प प्राय छ ।

Advertisement

चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप सङ्कटपूर्ण बनेको हो ।

मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य सङ्कट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top