ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी सुरु

२६ चैत ७७, शुक्रबार

२७ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे प्रा.लि. र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खाता मार्फत सिधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो ।

यस अघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पु¥याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ ।

सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई, फोन पेको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आईपिएस)को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गरे ।

यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने बरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि प्रणाली विकास गरेको जनाएको छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top