संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध उभिनुपर्छः गगन थापा

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् ।

काठमाडौँमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यस विरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेका हुन् ।

उनले संस्था बलियो बनाउने भन्दा व्यक्तिबलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढीरहेको र देशका संबैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताए ।

उनले भने “२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिईसकेपछि पार्टीको तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु – एउटा आशंका छ कि तपाईको पृष्ठभूमि हेर्दा, तपाईको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरु बलियो बनाएर,पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्न भन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ । यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु । त्यो भनिरहदाँ यो नहोस् भन्ने थियो । ”

संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिष्पर्धालाई नयाँ उचाईमा लैजान्छ भन्ने अपेक्षा भएपनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे ।

संसद, अदालत, संबैधानिक निकायहरु, आयोगहरु, प्रशासन लगायत सबै तर्फ अस्तव्यस्त रहेको भन्दै उहाँले स्थिर सरकारले दीर्घकालिन सोच राखेर नभई व्यक्ति केन्द्रीत शक्ति एकिकृत गर्ने ढंगबाट अघि बढेको बताए ।

विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको दाबी गरे ।

उनले पछिल्लो समय ओली पक्षमा रहेका समुह विकास प्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गरे ।

उनले भने “पपुलिष्ट लिडरको क्यारेक्टर एउटै हुन्छ । पपुलिष्ट लिडर देशको समस्याहरु अत्यन्तै सामान्य छन् । म भन्दा अगाडिका शासकहरु खराब र अयोग्य भएकाले गर्न नसकेको हो । तर म संग क्षमता छ त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ । ”

उनले वर्तमान सरकारले नै आगामी आर्थिक बर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरे ।

उनले भने “जेठ १५ गते यो सरकारले बजेट ल्याउन पायो भने, अहिले नै दाबाका साथ भन्न सकिन्छ, सिंगो देशले भारी बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने गरि बजेट ल्याउँछ तर त्यसको उत्तर हामी दिन सक्ने अवस्थामा रहदैनौ ।

अहिलेको प्रधानमन्त्रीले लोकसेवा आयोगको संबैधानिक परिषद्को अध्यक्षको रुपमा नियुक्त गर्न पाउनुभयो भने अर्को एउटा हनुमानलाई ल्याएर त्यहाँ राख्नुहुन्छ भन्ने कुराको अहिले नै अनुमान लगाउन सक्छौ । ”

प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्नुपर्छ

नेपाली कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरि अवसरको दुरुपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नुपर्ने बताए । हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमतामा कांग्रेस रहेको भन्दै उनले नेतृत्वलाई त्यस तर्फ अघि बढ्न आग्रह गरे ।

सरकारका क्रियाकलापहरु संबैधानिक संस्थाहरु भत्काउन उद्त रहेको र संबैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयास स्वरुप आएको भन्दै उनले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औल्याए ।

उनले निर्वाचनमा जादै गर्दा विगतको इतिहास रटेर नभई तथ्यगत रुपमा एजेण्डासहित जनतामाझ जान पनि सुझाए ।

उनले भने “यो पटक कांग्रेस निर्वाचनमा जादै गर्दा मेरा बा ले ध्यु खाएका थिए । हात सुँघ सुँघ भनेर गएर हुदैन । ५ बर्ष मौका पाउँदा के के गर्छौ भनेर औला भाँचेर भन्नुपर्छ ।”

उनले निजामति कर्मचारी युनियनलाई आफ्ना समस्या र मागहरुलाई लिपिबद्ध गर्न र अनुकुल ढंगले विधान संसोधन गर्न सुझाव दिए । उनले सबै सेवाग्राहीलाई समान सेवा दिन र राजनितिक दल हेरेर व्यवहार नगर्न पनि सुझाव दिए ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top