सिरहामा गोली हानी एक व्यापारीको हत्या

२८ चैत ७७, आइतबार

२९ चैत्र, सिरहा ।
सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन्।

शनिबार राति करिब पौने १ बजेको समयमा लहान नगरपालिका–२३ गढिया चौकमा रहेको सुनचाँदी पसलमा लुटपाट गर्न आएको सो समूहले वडा नम्बर २२ सिसबोनिका ४५ प्रदीप मिझारको गोली हानी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

मिझारकी श्रीमती अन्दाजी ३५ वर्षीया अनिता कुमारी दुलाल समेत घाइते भएको र उनको उपचार लहान स्थित सप्तऋषि अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरु मिझार दम्पति सुनचाँदी पसल सञ्चालन गरि बसेको घरको पछाडि पट्टिको भागबाट भ¥याङ्ग लगाएर घरको छतमा चढेर भुईँ तल्लामा झरेका थिए ।

फलामको हम्मर र फलामको छिनोले ढोका फोरेर भित्र प्रवेश गरेको ६–७ जनाको समूहले चोरी तथा लुटपाट गर्न लाग्दा त्यसको प्रतिकार गरेका मिझारको हत्या भएको हो ।

चोरहरुको समूहले मिझारको टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरि छातीमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका मिझारको उपचारको क्रममा आइतबार बिहान साढे ४ बजे मृत्यु भएको हो । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

लहान नगरपालिका वडा नं. ७ का २६ वर्षीय रामकृष्ण चौधरीलाई घटना स्थलबाटै फलामको छिनोसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै लहान नगरपालिका वडा नं. २३ गढियाका २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top