×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्‍यो

५ बैशाख २०७८

५ वैशाख, काठमाडौँ । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन ।

वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिए । पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सदस्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो ।

Advertisement
Advertisement

स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिए । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उनको भनाइ छ ।

ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ ।

लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ ।

Advertisement
Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top