×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार

५ बैशाख २०७८

५ वैशाख, काठमाडौँ । नेपाली सेनाले दुग्ध विकास संस्थान (डीडीसी) को दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न थालेपछि दूधको बजार विस्तार भएको छ ।

कोभिड–१९ का कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणमा आएको ह्रासपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले औपचारिक बजारको खोजीमा लागेको थियो ।

Advertisement
Advertisement

त्यसक्रममा गत फागुनको पहिलो साता मन्त्रालयले गृह, रक्षा तथा शिक्षा मन्त्रालयलगायत अन्य निकायसँग दूध तथा दुग्ध पदार्थ खरिद गर्न आग्रह गरेको अनुसार नेपाली सेनाले डीडीसीको दूध प्रत्यक्ष खरिद गर्न थालेको हो ।

कृषि मन्त्रालयले यी तीनवटै मन्त्रालयका पदाधिकारी तथा त्यस मातहतका निकायसँग छलफल गरी दूध तथा दुग्ध पदार्थ खरिदका लागि आग्रह गरेपछि नेपाली सेनाले डीडीसीबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ खरिद सुरु गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा शिक्षा मन्त्रालयका अन्य निकाय पनि खरिद गर्न सकारात्मक भए पनि तिनीहरूको प्रक्रिया लामो भएकाले समय लागिरहेको छ कृषि मन्त्रालयका सहसचिव डा. विमल निर्मलले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाले भने तत्कालै खरिद गर्न सुरु गरेको थियो । डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाका अनुसार नेपाली सेनाले दैनिक १३ सय लिटर दूध, दुई सय लिटर दही, १५ केजी पनिर खरिद गर्दछ । अर्थात् नेपाली सेनासँग मासिक करिब ४५ लाखको कारोबार हुने गरेको प्रमुख झाले बताए ।

Advertisement
Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top